१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राप्रपामा थापा र राणा भिड्ने

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि कमल थापा र पशुपतिशमशेर राणा भिड्ने भएका छन् । आउँदो फागुन ६ गते राजधानीमा महाधिवेशन हुँदैछ ।

राप्रपामा थापा र राणा भिड्ने

अहिले थापा अध्यक्ष र राणा राष्ट्रिय अध्यक्षको जिम्मेवारीमा छन् । राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा
(राप्रपा र राप्रपा नेपाल) बीच एकीकरण भएको थियो । संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच यो एजेन्डालाई आउँदो महाधिवेशनमा टुंग्याउने सहमति भएपछि पार्टी एक भएको हो ।

आउँदो महाधिवेशनमा पार्टी नेतृत्व र पार्टीले बोक्ने सिद्धान्त के हुने भन्नेमै केन्द्रित देशव्यापी बहस भएको केन्द्रीय सदस्य सोभित उप्रेतीले कान्तिपुरलाई बताए । क्षेत्रीय र जिल्ला अधिवेशनहरूमा समेत पार्टीको आगामी नीति र नेतृत्व कस्तो हुने भन्ने विषयले महत्त्व पाएको छ । ‘अध्यक्षका लागि नेताद्वय राणा र थापाबीचमै प्रतिस्पर्धा हुनेछ,’ उप्रेतीले भने ।

पार्टी एकीकृत भएपछि व्यवस्थापिका संसदमा राप्रपाको सिट संख्या ३७ पुगेको छ । चौथो राजनीतिक शक्तिका रूपमा राप्रपा नेपालको २५ सिट थियो । राप्रपाको भने १२ सिट थियो ।

थापाले आफ्ना पक्षमा बहुमत जुटाउन आन्तरिक लबिइङ तीव्र पारिरहेका छन् ।

एकीकृत पार्टीले ५ वटै क्षेत्रमा क्षेत्रीय आमसभा, कार्यकर्ता भेला सम्पन्न गरेको छ । माघ २१ गते प्रतिनिधि चयन हुनेछ । माघ २५ गते जिल्ला अधिवेशन हुनेछ । हरेक निर्वाचन क्षेत्रबाट चुनिएका प्रतिनिधिले आगामी नीति र नेतृत्व चयन गर्नेछन् ।

प्रकाशित : माघ ८, २०७३ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?