२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माघ १५ गतेभित्र चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

'जाेखिम उठाएर कठोर निर्णय लिनसक्छु'

काठमाडौं — ‘मैले विद्रोही नेता र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको रुपमा धेरै पटक जोखिम लिएको छु’, प्रधानमन्त्रीले भने,‘चुनावको घोषणा गर्दा सबैलाई मान्य नहुन सक्छ । म जोखिम उठाएर कठोर निर्णय गर्नसक्छु ।’

माघ १५ गतेभित्र चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १५ गतेभित्र सरकारले चुनावको मिति घोषणा गर्ने जानकारी दिएका छन् । संसदीय मामिला पत्रकार समाजले राजधानीमा आइतबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले चुनाव हुन नसके मुलुक २०१७ सालभन्दा पनि जटिल अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरे । 

प्रतिपक्षी एमाले र मधेसी मोर्चाले संविधान संशोधनको बिषयमा फरक फरक अडान राखेको बेला प्रधानमन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधनको बिषयमा तीन विकल्प भएको धारणा राखे । 
उनले अहिलेको संशोधन विधेयकमा सबै दलको सहमति जुटाउने, संशोधन र अन्य राजनीतिक मुद्दालाई प्याकेजमा सहमति गर्ने वा अर्को संशोधन विधेयक दर्ता गराउने बिषयमा दलहरुबीच सहमति हुनुपर्ने धारणा राखे । 

शनिबार भएको तीन दलको बैठकमा पनि आफूले यी विकल्प अघि सारेको प्रधानमन्त्रीले बताए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले बैशाखभित्र स्थानीय निकायको निर्वाचन गर्न सहमति जुटाएको थियो ।

प्रकाशित : माघ ९, २०७३ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?