कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सार्क कार्यक्रम समितिको बैठक सुरु

काठमाडौं — सार्क कार्यक्रम समितिको दुई दिने बैठक बुधबार काठमाडौंमा सुरु भएको छ । बैठकमा दक्षिण एसियाली क्षेत्रका आठै मुलुक नेपाल, भारत, भुटान, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगास्तिानका विदेश मन्त्रालयका सह–सचिव सहभागी छन् ।

यस्तो बैंठक वर्षमा दुई पटक बस्छ । पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन स्थगित भएपछि नेपालले सार्कको अध्यक्ष राष्ट्रकै हैसियतमा कार्यक्रम समितिको बैठक राखेको हो । नेपालका तर्फबाट सहसचिव मणिप्रसाद भट्टराईले बैंठकको नेतृत्व गरेका छन् । बैठकले गर्ने निर्णयबारे बिहीबार जानकारी गराइने सार्क सचिवालयले जनाएको छ ।

प्रकाशित : माघ १९, २०७३ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?