कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसएसपी खत्रीलाई चार दिन हिरासतमा राख्ने अनुमति

सुन तस्करी प्रकरण

काठमाडौं — सुन तस्करी अभियोगमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले संगठित अपराध ऐनअन्र्तगत मुद्धा चलाउँदै खत्रीमाथि अनुसन्धान सुरु गर्न न्यायिक हिरासतमा राख्न समय मागेको थियो ।

एसएसपी खत्रीलाई चार दिन हिरासतमा राख्ने अनुमति

सुन तस्करी अभियोगमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले संगठित अपराध ऐनअन्र्तगत मुद्धा चलाउँदै खत्रीमाथि अनुसन्धान सुरु गर्न न्यायिक हिरासतमा राख्न समय मागेको थियो ।

यसअघि पुस २१ मा पक्राउ परेका बाँके घर भएका गोपालबहादुर शाही, सुन लिन आउने मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्लेलाई पनि प्रहरीले अदालतबाट म्याद थप्दै अनुसन्धान जारी राखेको छ । पहिलो पटक पाँच दिन, दोस्रो पटक २० र तेस्रोपटक दस दिनको म्याद थपेको थियो । तेस्रोपटक लिएको म्याद अबको चार दिनमा सकिदैछ र त्यसपछि फेरी म्याद थप्नुपर्ने हुन्छ । सबैलाई एकैचोटी म्याद थप्न सजिलो होस भनेर ब्युरोले खत्रीको हकमा पनि चार दिनको समय मागेको हो । संगठित अपराध ऐनअन्र्तगत प्रहरीलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार हुन्छ ।

न्यायाधिश दुर्गाप्रसाद ढुंगेलको ईजलासले चार दिन थुनामा राख्ने अधिकार दिएको हो । स्रोतका अनुसार ढुंगेलको ईजलासमा अभियुक्त एसएसपी खत्रीले आफुले कानूनले दिएको जिम्मेवारी मात्रै पुरा गरेको भन्दै इन्कारी बयान दिएका थिए ।

प्रकाशित : माघ २४, २०७३ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?