कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बसमा नचढाएको भन्दै विद्यार्थीद्वारा चक्काजाम र तोडफोड

अर्जुन राजवंशी

दमक — बसमा नचढाएको बिरोधमा दमक बहुमुखी क्याम्पसका बिद्यार्थीले शुक्रबार चक्काजाम गर्नुका साथै सवारीसाधन तोडफोड गरेका छन् ।

बसमा नचढाएको भन्दै विद्यार्थीद्वारा चक्काजाम र तोडफोड

विद्यार्थीले बिहान साढे १० देखि एक घण्टा दमकको क्याम्पस मोडस्थित राजमार्गमा चक्काजाम गरेका हुन् । चक्काजाम गरेको समयमा गाडी चलाएको भन्दै उनीहरुले तीन वटा सवारीमा तोडफोड समेत गरेका छन् । उनीहरुले यातायात व्यवसायी लखनपुर–१ का कृष्ण न्यौपानेलाई कुटपिट गरी घाइते बनाएका छन् ।

विद्यार्थीले मे १ च ३९५१ र मे १ च १७३८ नं. को मिनी ट्रक तथा को १ ख ४०८८ नं. को बसमा तोडफोड गरेका हुन् । सो क्रममा विद्यार्थीको कुटपिटबाट मे १ च ३९५१ नं.को ट्रकका धनी न्यौपानेको दायाँ खुट्टा भाँच्चिएको छ । उनको स्थानीय निम्स नेशनल अस्पतालमा उपचार भइरहेको छ । 

‘विद्यार्थीलाई गाडीमा चढाउनै मान्दैनन् । चढाइहालेपनि गाडी स्टाफले दुव्र्यवहार गर्छन् त्यसैले विरोधस्वरुप चक्काजाम गर्नुपरेको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कुलबहादुर बस्नेतले भने । उनले यस विषयमा पटक–पटक प्रशासनको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नहुँदा विद्यार्थीहरु सडकमा उत्रिएको बताए । 

उनले भने,‘हामीले पाउने सुविधा खोजेका हौं । तर सुविधाको सट्टा हामीमाथि उल्टै दुव्र्यवहार हुने गरेको छ ।’ विद्यार्थीहरु चक्काजामका साथै तोडफोड र कुटपिटमा उत्रिएपछि अहिले यातायात व्यवसायी र विद्यार्थीबीच छलफल भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बुले बताए । दमक बहुमुखी क्याम्पसमा जिल्लाको दुधे र मोरङको पथरीसम्मका विद्यार्थी पढ्न आउँछन् ।

 

प्रकाशित : माघ २८, २०७३ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?