कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संघीयता कार्यान्व्यन हुन नदिन स्थानीय निर्वाचनको कार्ड : उपेन्द्र यादव

अवधेशकुमार झा

राजविराज — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई कार्यान्वयन हुन नदिन तीन दलले स्थानीय निकाय निर्वाचनको तुरुप फालेको आरोप लगाएका छन् । उनले स्थानीय तह पुनर्संरचना गर्ने अधिकार केन्द्र सरकारलाई नभएको आरोप लगाउँदै पहिला संघीय संसद त्यसपछि प्रादेशिक संसद अनि मात्र प्रादेशिक सरकार मातहत स्थानीय निकाय निर्वाचन हुनुपर्ने बताए ।

संघीयता कार्यान्व्यन हुन नदिन स्थानीय निर्वाचनको कार्ड : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई कार्यान्वयन हुन नदिन तीन दलले स्थानीय निकाय निर्वाचनको तुरुप फालेको आरोप लगाएका छन् ।

उनले स्थानीय तह पुनर्संरचना गर्ने अधिकार केन्द्र सरकारलाई नभएको आरोप लगाउँदै पहिला संघीय संसद त्यसपछि प्रादेशिक संसद अनि मात्र प्रादेशिक सरकार मातहत स्थानीय निकाय निर्वाचन हुनुपर्ने बताए । संघीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष यादवले केन्द्र सरकारलाई स्थानीय निकायको संरचना खडा गर्ने अधिकार नभएको बताए हुन् ।

‘काठमाडौंमा बसेर केन्द्र सरकार र तीनन दलका नेतालाई स्थानीय निकाय पुनर्संरचना गर्ने अधिकार छैन्,’ उनले भने । ५२ प्रतिशत जनताको बसोवास रहेको मधेसमा २५ प्रतिशत मात्र स्थानीय निकायको संरचना तोकिनु अन्यायको पराकाष्ठा भएको बताउँदै यादवले राजनीतिक द्वन्द्व हल नगरी कुनैपनि निर्वाचन सम्भव नरहेको बताए ।

उनले राजनीतिक द्वन्द्वको समाधान संविधान परिमार्जन, संशोधन र पुनर्लेखनबाट मात्र सम्भव रहेको बताए । जिल्ला अधिवेशन उद्घाटन समारोहमा फोरमका मधेस प्रदेश संयोजक रेणुकुमारी यादव, प्रादेशिक मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु शैलेन्द्रप्रसाद साह, अशोककुमार यादव, जगदेव यादव, विनोद चौधरी, सुभाष यादव, सांसद लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष दिनेशकुमार यादव लगायतकाले सम्बोधन गरे । जारी जिल्ला अधिवेशनले फोरम सप्तरीको नयाा नेतृत्व समेत चयन गर्नेछ । केही दिन अघि मात्र गाउँ नगर अधिवेसन समपन्न गरेको फोरम सप्तरीको नेतृत्वका लागि निर्वाचन नै हुने सम्भावना देखिएको छ ।

प्रकाशित : माघ २९, २०७३ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?