२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्थानीय निकायका कर्मचारीले काम ठप्प पारे

आनन्द गौतम

ताप्लेजुङ — दीर्घकालीन नीति बनाउने क्रममा सरकारले आफूहरुलाई निजामती कर्मचारी भन्दा तल राखेको भन्दै स्थानीय निकायका कर्मचारीले काम ठप्प पारेका छन् ।

जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका प्राविधिक सहायकहरुले कार्यालय बाहिर निस्किएर धर्ना दिएका छन् । सरकारले आफूहरुको मागलाई बेवास्ता गरे भोलि (सोमबार)देखि जिविस, नगरपालिका र गाविसका कार्यलय प्रमुखहरुलाई पनि काम गर्न नदिने स्थानीय निकाय कर्मचारी युनियनका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित : फाल्गुन १, २०७३ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?