शिक्षक नहुँदा दुई विद्यालय बन्द

कान्तिपुर संवाददाता

खोटाङ — शिक्षक विद्यालयमा नहुँदा जिल्लाका दुई विद्यालय बन्द भएका छन् । दोर्पाचिउरीडाँडा–४ स्थित बालबालिका प्रावि र नेर्पा–९ स्थित नेर्पा प्राविका बन्द भएका हुन् । बालबालिका प्राविका शिक्षक राजन आचार्य दिक्तेलस्थित पञ्च माविमा सरुवा भएपछि एक महिनादेखि विद्यालय बन्द भएको हो ।

शिक्षक विद्यालयमा नहुँदा जिल्लाका दुई विद्यालय बन्द भएका छन् । दोर्पाचिउरीडाँडा–४ स्थित बालबालिका प्रावि र नेर्पा–९ स्थित नेर्पा प्राविका बन्द भएका हुन् ।

बालबालिका प्राविका शिक्षक राजन आचार्य दिक्तेलस्थित पञ्च माविमा सरुवा भएपछि एक महिनादेखि विद्यालय बन्द भएको हो । दोर्पाचिउरीडाँडा–१ कर्कलेका बालबालिका आभारभूत विद्यालयका शिक्षक रघुनाथ दाहाललाई काजमा खटाइए पनि अहिलेसम्म उक्त विद्यालयमा नगएकाले विद्यालय रित्तो भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत मिन थापाले बताए ।

त्यस्तै नेर्पा प्राविका शिक्षक पृथी जिम्बा पनि जनजागृति प्राविमा सरुवा भएको र त्यहाँ काजमा रहेका प्रकाश राई पनि मङ्गलबारदेखि बिदामा बसेकाले विद्यालय रित्तो भएको श्रोतव्यक्ति पञ्चकुमार राईले बताए ।

प्रकाशित : फाल्गुन १, २०७३ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?