१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

परराष्ट्रमन्त्री महत युरोपतिर

कान्तिपुर संवाददाता

काठमाडौं — परराष्ट्रमन्त्री प्रकाशशरण महत बेल्जियमको ब्रसेल्स प्रस्थान गरेका छन् । बेल्जियमका उपप्रधान तथा विदेशमन्त्री डिडियर रेयन्डर्सको निमन्त्रणामा युरोप लागेका मन्त्री महतले ६ दिने भ्रमणमा युरोपेली कमिसनका प्रमुख, लक्जम्बर्गका प्रधानमन्त्री, त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाटलगायत कार्यक्रममा सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री महत युरोपतिर

द्विपक्षीय भेटघाटमा नेपालको समावेशी संविधान, पुनर्निर्माण, द्वन्द्वकालीन घटनामा भइरहेको प्रगति, राजनीतिक तथा सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धि, आर्थिक तथा पूर्वाधार विकासमा आवश्यक पर्ने सहयोग, नेपाली हवाई उडानको प्रतिबन्ध हटाउने, नेपालको निर्यातलाई सहुलियतलगायत आधा दर्जनभन्दा बढी विषय राख्ने मन्त्री महतले बताएका छन् । 

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले भ्रमणका अवसरमा नेपालले राजनीतिक तथा सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई दिगो तुल्याउन आर्थिक तथा पूर्वाधार तथा पुनर्निर्माणमा सहयोग, युरोपेली आकाशमा लगाइएको नेपाली हवाई उडानको प्रतिबन्ध हटाउने, युरोपेली मुलुकहरूमा नेपालको निर्यातलाई प्रोत्साहन गर्न थप सहुलियत, लगानी प्रवद्र्धन र पर्यटन विकासलगायत विषयमा छलफल गर्ने प्रस्ट पारे ।

उनले त्यस अवसरमा नेपालमा संविधान जारी भएपछि अन्य मुलुकमा फैलिएको भ्रमलाई समेत चिर्ने बताए । ‘नेपालको संविधान समावेशी रहेको कुरा प्रस्टसँग राख्छु,’ उनले भने । 

प्रकाशित : फाल्गुन १, २०७३ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?