३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पुनःसंरचना आयोगका अध्यक्ष भन्छन्, 'स्थानीय तहको सङ्ख्या बढी भयो'

'तीन सय हुनुपर्नेमा ७१९ स्थानीय निकाय बनाउन बाध्य'

रुकुम — स्थानीय तहको पुनःसंरचनाको अवस्थाका बारेमा आज यहाँ भएको अन्तर्क्रियामा उनले 'बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको बताए ।'

पुनःसंरचना आयोगका अध्यक्ष भन्छन्, 'स्थानीय तहको सङ्ख्या बढी भयो'

स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी रहेको बताएका छन् ।

अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा इतिहासले पुष्टि गर्ने उल्लेख गर्दै स्थानीय तह कार्यान्वयन नगर्ने भित्री मनसायका कारण केही राजनीतिक नेताले अहिले पनि सङ्ख्या बढाउनुपर्ने भनिरहेका बताए ।

'नयाँ संविधानले दिएको परिकल्पनाअनुसार स्थानीय तहको सङ्ख्या बढी बनाउनु भनेको सिंहदरबारको अधिकारलाई धेरै ठाउँमा विभाजन गर्नु नै हो', उनले भने 'संविधानले स्थानीय तहमा दिएको अधिकार कार्यान्वयन हुन नदिनका लागि केही दल र त्यसका नेताले यसको सङ्ख्या बढाउने खेलमा लागेका छन् ।'

अध्यक्ष पौडेलले छोटो समयमा धेरै काम गर्नुपरेका कारण सबै कुरा भनेजस्तोगरी मिलाउन नसकिएको स्पष्ट पारे ।

प्रकाशित : फाल्गुन २, २०७३ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?