कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फिल्ड अफिस नहटाएकामा नारायणकाजीको आपत्ति

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनयता नयाँ दिल्लीमा छन् । पार्टीको आन्तरिक कामबाहेक उनी भारतका विभिन्न राजनीतिक दल तथा बुद्धिजीवीहरूसँगको भेटघाटमा व्यस्त छन् ।

फिल्ड अफिस नहटाएकामा नारायणकाजीको आपत्ति

नेपालको राजनीतिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएका श्रेष्ठको भारतीय पक्षसँगको अन्तरक्रियालाई निकै चासोका साथ हेरिएको छ । उनले लामो समयदेखि एउटा विषय उठाउँदै आएका छन्, जसलाई भारतीय पक्षले रुचाएको छैन । त्यो हो– विराटनगरमा कोसी बाढीको समयमा भारतले स्थापना गरेको फिल्ड अफिस नहटाएकामा आपत्ति । उनी परराष्ट्र तथा उपप्रधानमन्त्री भएकै समयमा उनले यो विषय जोडदारसाथ उठाएका थिए । पछिल्लो समयमा गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समयमा पनि यो विषयलाई उठाउन उनले सुझाव दिएका थिए । 

भारतका राजनीतिक दलका नेताहरूसँगको भेटमा चाहिं उनले के–के कुरा राखिरहेका छन् त ? उनले सार्वजनिक भाषण तथा मिडियामा बोलेजस्तै भारतीय पक्षसँग विषय राख्न सकेका छन् ? उनी भन्छन्, ‘मैले सार्वजनिक रूपमा जेजे कुरा भन्दै आएको छु, त्यसलाई मैले स्पष्ट रूपमा भारतीय नेताहरूसँग राखेको छु ।’ शनिबार नयाँदिल्लीमा आयोजित एक अन्तरक्रियामा श्रेष्ठले भारतको हस्तक्षेप तथा नाकाबन्दीका बारेमा स्पष्ट रूपमा बोलेका थिए ।

तत्काल चुनावको घोषणा गर्ने विषयमा प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष केपी ओलीको बीचमा समझदारी बनाएर श्रेष्ठ भारत भ्रमणमा आएका हुन् । 

प्रकाशित : फाल्गुन ३, २०७३ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?