२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीनदिनदेखि स्थानीय निकाय ठप्प

कान्तिपुर संवाददाता

धादिङ — सरकारसमक्ष विभिन्न माग राखेर तीनै तहका स्थानीय निकायका कर्मचारीहरुले तीनदिनदेखि कामकाज ठप्प पारेपछि सेवाग्राही मर्कामा परेका छन् । जिल्लास्थित १ सय ८९ जना जिविस, नगरपालिका र गाविसका कर्मचारीहरुले ५ सुत्रीय माग राखेर विभिन्न चरणमा आन्दोलन गरेका थिए ।

तीनदिनदेखि स्थानीय निकाय ठप्प

आफ्ना मागबारे सरकारले कुनै सुनुवाई नगरेको भन्दै स्थानीय निकायका कर्मचारीहरुले संयुक्तरुपमा जिविस धादिङमा तालाबन्दी गरी मूलगेटमै धर्ना दिएका छन् ।

स्थानीय निकायका सबै अंगहरु बन्द भए पछि योजना संझौता, बूढीगण्डकी आयोजना डुवान क्षेत्रका समस्या, मालपोत र नापी कार्यालय, नागरिकता र राहदानी, भूकम्पपीडितहरुका समस्या चाङ लागेको छ ।

तीनदिनदेखि जिविस, धादिङमा तालाबन्दी गरी धर्ना दिएका स्थानीय निकायका कर्मचारीहरु ।
तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

प्रकाशित : फाल्गुन ३, २०७३ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?