अपडेट: जिप दुर्घटनामा मृत्यु हुने ७ पुगे, ४ घाइते

मोहन बुढाऐर

डडेल्धुरा — भागेश्वरबाट जिल्ला सदरमुकाम आउँदै गरेको से १ज ८३३ नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्लाको बगरकोठ रोडको ठूलोखोला नजिकै से १ ज ८३३ नम्बरको जिप दिउँसो १२ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट ३ सय मिटर तल खसेको छ ।

अपडेट: जिप दुर्घटनामा मृत्यु हुने ७ पुगे, ४ घाइते

भागेश्वरबाट जिल्ला सदरमुकाम आउँदै गरेको से १ज ८३३ नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्लाको बगरकोठ रोडको ठूलोखोला नजिकै से १ ज ८३३ नम्बरको जिप दिउँसो १२ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट ३ सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भागेश्वर– ८ का लक्ष्मण भट्ट, जयानन्द भट्ट, भागेश्वर– ५ का देवाकर पाण्डेय, भागेश्वर– ७ का पदमबहादुर मल्ल र भागेश्वर– ८ का गणेश सार्कीको मृत्यु भएको छ । मल्ल र पाण्डेयको उपचारको क्रममा उपक्षेत्रिय अस्पतालमा मृत्यु भएको हो । घटना स्थलमै मृत्यु हुने २ जनाको अझै सनाखत हुन सकेको छैन ।

प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले घाइते सवैको उपचार उपक्षेत्रिय अस्पताल डडेल्धुरामा भइरहेको बताए । अस्पतालमा भिमसिंह ठगुन्ना, रामेश्वर भट्ट, किशोर भट्ट, जानकी भट्ट लगायतको उपचार भइरहेको छ ।

उनले उद्धारका लागि स्थानिय, प्रहरी, सशस्त्र पहरी आधा घण्टाभित्रमा घटना स्थलमा पुगेको बताए । उकालो घुम्तीमा गाडी चालकको लापर्बाहीको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । घटनास्थल सदरमुकामबाट करिव ७ किलोमिटर दुरीमा छ ।

जिल्लाका आन्तरिक रुटहरुमा उग्रतारा बस ब्यवासायी समितिले जिपहरु सञ्चालन गर्दै आएको छ । क्षमता भन्दा बढ्ता यात्रुहरु बोकेर जिपहरु सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७३ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?