कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचन सफल बनाउन सबै लाग्नुपर्छ : नेता रायमाझी

पाल्पा — नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताएका छन् । नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याए ।

नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताएका छन् ।

नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याए । उनले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका प्रचारप्रसार हुन नसकेको पनि बताए । जिल्ला तहका नेता तथा कार्यकर्तालाई माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए । नेकपा (माओवादी केन्द्र) तानसेन नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै माओवादीले गरेको सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको बताए ।

उनले सीमाङ्कन र नामाङ्कन छिटो टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताए । सम्मेलनमा नेकपा (माओबादी केन्द्र)का पोलिटब्यूरो सदस्य वसन्त घर्तीमगर, वसन्त शर्माले स्थानीय निकायको निर्वाचन सफल बनाई जित सुनिश्चित गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताए । रासस

प्रकाशित : फाल्गुन ५, २०७३ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?