सहायक सिडियोको कार्यकक्षबाटै सरकारी मोबाइल चोरी !

एलपी देवकोटा

जुम्ला — सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेको कार्यकक्षबाटै बुधवार सरकारी मोबाइल चोरी भएको छ । आफ्नौ कार्यकक्षको टेबलमा मोबाइल फोन चार्ज गर्न राखेको अवस्थामा चोरी भएको हो ।

सहायक सिडियोको कार्यकक्षबाटै सरकारी मोबाइल चोरी !

 

मोवाइल चार्जमा राखेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफलका लागि गएको बेला मोबाइल चोरी भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले बताए । 

सहायक प्रजिअ न्यौपानेले प्रयोग गरिरहेको सामसङ ग्यालेक्सी टु मोबाइल चोरी भएको हो । 

मोबाइल चोरी भएपछि सहायक प्रजिअ न्यौपानेले आफ्नो फेसबुकमा मोबाइल चोरी भएको बिषयमा लेखेका छन् । ‘ठट्टा गर्ने नि सिमा हुन्छ, शुभचिन्तक महानुभावरुले टेबलमा राखेको मोबाइल लिन सक्ने अनि फिर्ता गर्न डराउने........ धन्यवाद संलग्नलाई छिट्टो फिर्ता गर हिनताबोधसँगै कति दिन चयन गरिन्छ र ?’ लेखेपछि मोबाइल चोरी भएको खबर फैलिएको हो । 

सरकारी मोबाइल चोरी गर्ने चोरको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए । 

प्रकाशित : फाल्गुन ५, २०७३ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?