कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सद्भावना पार्टी महाधिवेशन तयारीमा

कान्तिपुर संवाददाता

काठमाडौं — सद्भावना पार्टीले छैटौं राष्ट्रिय महाधिवेशन जेठ पहिलो साता वीरगन्जमा गर्ने भएको छ । वीरगन्जमा सकिएको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठकले जेठ १ देखि ३ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

फागुनभरि सदस्यता वितरण अभियान चलाउने, चैतमा गाउ अधिवेशन र क्षेत्रीय अधिवेशन गर्ने अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । सद्भावनाको मधेसका सबै जिल्लामा संगठन छ । पहाडका केही जिल्लामा समेत संगठन रहेकाले त्यहा पनि अधिवेशन गरिने जानकारी महतोले दिए ।

उनले वैशाखमा जिल्ला अधिवेशन गरिसक्ने बताए ।

बैठकले सहअध्यक्ष लक्ष्मणलाल कर्णको नेतृत्वमा विधान स.शोधन मस्यौदा समिति, उपाध्यक्ष नरसिंह चौधरी रहेको घोषणापत्र तयारी समिति, अध्यक्ष महतो नेतृत्वको आर्थिक समिति समेत घोषणा गरेको छ । त्यस्तै मृगेन्द्र यादव संयोजक रहेको प्रचार प्रसार समिति, नवलकिशोर साह नेतृत्वको अतिथी सत्कार समिति तथा कर्णकै नेतृत्वमा विरगन्जको तयारी व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले समसामयिक राजनीतिक विषयमा सात बुदे प्रस्ताव पास गर्दै मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्ने माग गरेको छ । गजेन्द्रनारायण सिंहले २०४७ सालमा स्थापना गरेको सद्भावना पार्टी हाल सक्रिय मधेसवादी पार्टीमध्ये सबैभन्दा पुरानो हो । संसदमा यसको ५ सिट रहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७३ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?