१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कमल थापालाई अध्यक्ष बनाउने सहमति तोडियो, लोहनीले गरे उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

कमल थापालाई अध्यक्ष बनाउने सहमति तोडियो, लोहनीले गरे उम्मेदवारी घोषणा

कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै लोहनीले उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनप्रति लोहनीको असन्तुष्टि छ । बुधबार साँझ लोकेन्द्रबहादुर चन्दको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेदवारी दिएको उनले बताए । उपाध्यक्ष र महामन्त्री कम्तिमा दुईजना निर्वाचित हुनुपर्ने लोहनीको भनाइ छ ।

‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भिर असन्तुष्टि छ,’ महाधिवेशन घोषणा हुने केही घण्टाअघि रिपोर्टर्स क्लवमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छ? यस्तो एकतन्त्रिय पार्टीको निर्माण राप्रपाका लाखौँ कार्यकर्ताले चाहेका छैनन् ।’

प्रकाशित : फाल्गुन ६, २०७३ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?