कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चोरी निकासी गरेको काठसहित ट्याक्टर नियन्त्रणमा

रमेशचन्द्र अधिकारी

धनकुटा — चोरी निकासी गरेको अवस्थामा प्रहरीले धनकुटाको हिले नजिकबाट बिहीबार राती सिसौका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । को.२ त ३०९८ नं.को ट्याक्टरमा राखेर सदरमुकामतर्फ लैजाँदै गरेको १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोरी निकासी गरेको काठसहित ट्याक्टर नियन्त्रणमा

चोरी निकासी गरेको अवस्थामा प्रहरीले धनकुटाको हिले नजिकबाट बिहीबार राती सिसौका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

को.२ त ३०९८ नं.को ट्याक्टरमा राखेर सदरमुकामतर्फ लैजाँदै गरेको १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रातीको समयमा गैरकानुनी रुपमा काठ निकासी गरेको पाइएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रदीप राजभण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएको काठ र ट्याक्टर जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

नियन्त्रणमा गरिएको ६१ दशमलव ६८ क्वीविक फिट काठको बजार मूल्य एक लाख बढी पर्ने इलाका वन कार्यालयका सहायक वन अधिकृत रामबाबु यादवले जानकारी दिए । वन कार्यालयले अनुसन्धान गरी कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।


बरामत गरिएको काठ वन कार्यालयका प्राविधिक तथा प्रहरीले नापजॉच गर्दै । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर

प्रकाशित : फाल्गुन ६, २०७३ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?