१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चन्दा असुली र लुटपाटमा संलग्न अभियोगमा मलेसियामा ११ नेपाली पक्राउ

पक्राउ पर्नेहरु ‘पेनाङ योङ स्टार ग्रुप’ मा आबद्ध: प्रहरी
कान्तिपुर संवाददाता

मलेसिया — नेपालीहरुलाई लुटपाट गर्ने र चन्दाअसुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरि मलेसियामा नेपालीहरुसाग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले खबर प्रकाशन गरेका छन् ।

प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ । पेनाङ प्रहरीले गत आइतबार त्यहााको बुकित मातार्जामबाट उक्त समूहमै आबद्ध भनिएका ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले यसबारे बिहीबार एक पत्राकार सम्मेलन गर्दै सार्वज्निक गरेको हो ।

पक्राउ पर्नेमा २२ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् भने तीमध्येका नाईके ३६ बर्षिय नेपाली रहेको मलेसियाली समाचारसंस्था बर्नामा ले उल्लेख गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये कतिपय गैरकानुनी हैसियतका छन् । उक्त समूहमा २० जना नेपालीहरु आबद्ध रहेको प्रहरीको प्रारम्भिक अनसुन्धानले देखाएको छ । प्रहरीले समूहमा आबद्ध अन्य नौजनाको खोजी गरिरहेको जनाइएको छ ।

नाईके ती व्यक्ति क्वालालम्पुरबाट केही समयअघि मात्र पेनाङ पुगेको समाचारहरुमा उल्लेख गरिएको छ र उनको तस्विर पनि सार्वजनिक गरिएको छ ।

छापा मार्ने क्रममा केही नेपालको झण्डाहरु, धार्मिक सरसामानहरु र धारिला हतियारसमेत बरामद भएको बताइएको छ । उनीहरुको कुनैपनि जागिर नभएको र आफ्नै मुलुकका नागरिकहरुसाग चन्दा असुली एवं लुटपाट गर्ने गरेको प्रहरीलाई उल्लेख गर्दै संचारमाध्यमले खबर छापेका छन् ।

मलेसियाली अंग्रेजी दैनिक द स्टार का अनुसार उक्त समूहले विगतबर्षदेखि प्रतिव्यक्ति मासिक २५ रिंगिटका दरले चन्दा असुली गर्दै आएको थियो । पक्राउ गर्ने नाइकेहरुका शरिरमा ट्याटु–छाप रहेको भन्दै तस्बिरसहितका समाचारहरु प्रकाशित छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?