कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सदस्यता वितरणमा विभेद नगर्न पत्रकार महासंघको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौं — समावेशी सञ्चार अभियानले सदस्यता वितरणमा विभेद नगर्न र केन्द्रीय पार्षद चयन समावेशी बनाउन माग गर्दै नेपाल पत्रकार महासंघ नेतृत्वको ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघको जिल्ला अधिवेशन जारी रहँदा विभिन्न जिल्लामा आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपांग लगायतलाई सदस्यताबाट बञ्चित गराइएको भन्दै अभियानले शुक्रबार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सदस्यता वितरणमा विभेद नगर्न पत्रकार महासंघको ध्यानाकर्षण

समावेशी सञ्चार अभियानले सदस्यता वितरणमा विभेद नगर्न र केन्द्रीय पार्षद चयन समावेशी बनाउन माग गर्दै नेपाल पत्रकार महासंघ नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघको जिल्ला अधिवेशन जारी रहँदा विभिन्न जिल्लामा आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपांग लगायतलाई सदस्यताबाट बञ्चित गराइएको भन्दै अभियानले शुक्रबार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रकार महासंघको जिल्ला अधिवेशनहरु यही फागुन ३ गतेदेखि चलिरहेको छ । अभियानले विभेदको अन्त्य गरी पत्रकारहरुलाई सदस्यता प्राप्ति गर्नबाट वञ्चित नगर्न सचेत गराउँदै पाँच बुँदे ध्यानाकर्षण पत्र अध्यक्ष विष्टलाई बुझाएको हो ।

अभियानले रुपन्देहीमा महासंघ केन्द्रले दिएको सदस्यता खारेज गरिएकोले तत्काल सच्याउनुपर्ने, वास्तविक पत्रकार हो भने जिल्लास्तरमै निर्णय गरेर छुटेकालाई सदस्यता दिने व्यवस्था मिलाउन, जिल्ला र केन्द्र अधिवेशनमा पदाधिकारी चयन, केन्द्रीय पार्षद चयन प्रक्रियामा संविधानको व्यवस्थाअनुसार पूर्ण समावेशी सिद्धान्तलाई अंगिकार गर्न पनि माग गरेको छ ।

रेमबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको समावेशी सञ्चार अभियानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), जागरण मिडिया सेन्टर, क्रियाशील पत्रकार महिला, सञ्चारिका समूह नेपाल, राष्ट्रिय अपाङ्ग पत्रकार संघ, मधेसी पत्रकार संघ, मुस्लिम पत्रकार संघ लगायत आठवटा संस्था आबद्ध छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?