कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालाजुमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौंको बालाजु माछापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ । बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बालाजु माछापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटीमा सवार मकवानपुर मनहरि-५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे-६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक (सई) गोकर्ण नेपालले जानकारी दिए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?