परिवर्तनका एजेण्डाहरु उल्टाउने षड्यन्त्र भइरहेको छ : उर्जामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौं — ऊर्जामन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षड्यन्त्र सुरु गरेको आरोप लगाएका छन् । अखिल (क्रान्तिकारी)ले शुक्रबार त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले पुराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोसिस भइरहेको बताएका हुन् ।

परिवर्तनका एजेण्डाहरु उल्टाउने षड्यन्त्र भइरहेको छ : उर्जामन्त्री

ऊर्जामन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षड्यन्त्र सुरु गरेको आरोप लगाएका छन् ।

अखिल (क्रान्तिकारी)ले शुक्रबार त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले पुराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोसिस भइरहेको बताएका हुन् । उनले पुराना शक्ति को हो भन्ने स्पष्ट नपारे पनि क्रान्तिका उपलब्धिहरु संस्थागत गर्न निर्वाचन आवश्यक रहेकोमा जोड दिए । मन्त्री शर्माले भने, ‘संविधानले दिएका अधिकार समेत उल्टाउने कोसिस भइरहेको छ, नयाँ संविधानले व्यवस्था गरेका अधिकारहरु प्राप्त गर्न निर्वाचन आवश्यक छ ।’

अर्को प्रसंगमा, उनले उर्जामन्त्रालयमार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको दाबी गर्दै मन्त्री शर्माले यो अभियान केवल बत्ति बाल्ने कुरामात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए ।

ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ । उनले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आव्हान गरे ।

प्रकाशित : फाल्गुन ६, २०७३ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?