चुनावका लागि एमाले र मोर्चासँग सहमति भइसकेको प्रधानमन्त्रीको दाबी

नवीन पौडेल

नवलपरासी — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी एमाले र मधेसी मोर्चासँग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् । जिल्लाको दलदलेमा शुक्रबारबाट सुरु भएको प्रथम ऐतिहासिक देवचुली महोत्तसव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आगामी माघसम्ममा निर्वाचन नगरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभूत रुपमा लागिपरेको बताए ।

चुनावका लागि एमाले र मोर्चासँग सहमति भइसकेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी एमाले र मधेसी मोर्चासँग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

जिल्लाको दलदलेमा शुक्रबारबाट सुरु भएको प्रथम ऐतिहासिक देवचुली महोत्तसव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आगामी माघसम्ममा निर्वाचन नगरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभूत रुपमा लागिपरेको बताए । ‘म जहाँ गए पनि जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको माग गरेका छन् त्यसका लागि निर्वाचनमार्फत स्थायी सरकार आवश्यक छ’ उनले भने ।

मुलुकमा देखिएको अस्थिरतालाई चिरेर हिमाल, पहाड र तराईमा शान्ति र विकासको गति बढाउन सरकार लगातार लागिपरेको भन्दै प्रधानमन्त्रीले मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित सबैको अधिकार समेटिने गरी संविधानको सर्वस्वीकार्यता बढाएर सहमतिको प्रयास भएको पनि बताए । नवलपरासीबाट आफूले औपचारिक राजनितिक यात्रा सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्रीले यो क्षेत्रको विकासका लागि सधै‌ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

देवचुली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

'संविधान कार्यान्वयनमा सहयोग माग्न रोल्पा आएँ'

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए ।

विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गरे । युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, 'अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु' । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै उनले भने, 'रोल्पाको विकास र परिवर्तनमा आफू सधैं लागिरहने बताए ।

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उनको भनाइ थियो ।

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए ।
एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व्अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा पुगेका छन् ।

रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव शुक्रबार उद्घाटन भई फागुनु १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् । रासस

प्रकाशित : फाल्गुन ६, २०७३ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?