१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सप्तरीमा एमाले र मोर्चाबीच मुठभेडको स्थिति, एमाले नेतालाई कालोमोसो

एमाले अध्यक्ष ओलीलाई आउन दिँदैनौँ : मोर्चा
हामी नपुशंक होइनौं, अराजकताको प्रतिरोध गर्छौं : एमाले
अवधेशकुमार झा

राजविराज — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेस लक्षित मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच द्वन्द्व बढेको छ ।

सप्तरीमा एमाले र मोर्चाबीच मुठभेडको स्थिति, एमाले नेतालाई कालोमोसो

मोची महाकाली अभियानअन्तर्गत फागुन २३ गते सदरमुकाम राजविराजमा अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने एमालेको अडान र मधेस आन्दोलनका बेला मधेसविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीलाई कुनै पनि हालतमा राजविराज आउन नदिने मधेसी मोर्चाको चेतावनीका कारण दुईपक्ष आमने सामने भएका हुन् ।

मोर्चा र एमालेका कार्यकर्ताबीचको बाकयुद्ध अब कालोमोसो दल्ने, गालीगलौज गर्नेसम्म पुगेको छ । सोही क्रममा पार्टीको मेची महाकाली अभियानको प्रचारात्मक कार्यक्रमअन्तर्गत राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई शुक्रबार बिहान मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका छन् । मोर्चा सम्बद्ध युवा विद्यार्थीहरुले बिहान राजविराजको माछा हटिया नजिक एमाले जिल्ला सदस्य चौधरीको अनुहारमा कालो लगाएका थिए ।

एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गरे । उनले भने,‘लोकतन्त्रमा प्रजातान्धिक तरिकाबाट सबै दल र समुदायले आ-आफना विचार लिएर जनतामा जान पाउनुपर्छ, हामी मेची-महाकाली अभियानमा छौं तर हामीलाई कार्यक्रमै गर्न नदिने मधेसी मोर्चाका नेता कार्यकर्ताको रबैया अराजकताको पराकाष्ठा हो ।’ ‘हाम्रा कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक ब्यवहार गरियो भने प्रतिरोध गर्छौं’ एमाले अध्यक्ष न्यौपानेले भने, ‘हामी नपुंशक होइनौं ।’ उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू राजतन्त्रभन्दा पनि बढी तानाशाही बन्न खोजेको आरोप लगाए । उनले भने, ‘एमाले पार्टीमा लागेकाहरु राजविराजमा बस्नै पाउँदैन भन्नु राजतन्त्रभन्दा पनि ठूलो 'डिक्टेटरसीप' भयो, यसरी कसैले गर्न पाउँदैन, हामी हाम्रा कार्यक्रम लिएर जनतामा जान्छौं, कसैले रोक्न सक्दैनौं ।’

मधेसी मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले मोर्चाले निर्णय नै गरेर एमाले सदस्य चौधरीलाई कालोमोसो नदले पनि एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गरेको हुन सक्ने बताए । ‘कालोमोसो दल्ने हाम्रो निर्णय होइन् तर मधेसी जनताले प्रतिकार गरेको हुन सक्छ, हाम्रा युवा विद्यार्थी पनि सामेल भएको हुन सक्छ ।’ उनले एमाले अध्यक्ष केपी ओली मधेस आन्दोलनका बेला सरकार प्रमुख रहँदा अत्यधिक दमन गरेको, मधेसका विरुद्धमा बिषबमन गरेका कारण आउँदो फागुन २३ गते राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिए ।

‘मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं’ मोर्चा संयोजक यादवले भने । यसअघि बिहीबार पनि मधेसी मोर्चाले राजविराजमा एमालेको मेची-महाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न राजविराजमा लाठी जुलुस गरेको थियो ।

मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको कञ्चनपुरमा कार्यकर्तामाझ एमाले नेताहरु भीम आचार्य, योगेश भटराई, सुमनराज प्याकुरेल लगायत

 

 

प्रकाशित : फाल्गुन २०, २०७३ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?