कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आशा लामाको नाम काटियो, १२ प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाईमा पठाइयो

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले प्रस्तावित १२ राजदूतको नाम संसदीय सुनुवाईका लागि पठाइएको छ ।

सरकारले सिफारिस गरेकामध्ये युएईका लागि विवादित राजदूत आशा लामाको नाम भने काटिएको छ । अर्का विवादित ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम भने संसदीय सुनवाईका लागि पठाइयो ।

आशा लामाको नाम काटियो, १२ प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाईमा पठाइयो

सरकारले प्रस्तावित १२ राजदूतको नाम संसदीय सुनुवाईका लागि पठाइएको छ ।

सरकारले सिफारिस गरेकामध्ये युएईका लागि विवादित राजदूत आशा लामाको नाम भने काटिएको छ । अर्का विवादित ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम भने संसदीय सुनवाईका लागि पठाइयो ।

म्यानपावर सञ्चालक लामा र पराजुलीको नाममा विवाद भएपछि मन्त्रिपरिषदले सिफारिस गरेको दुई सातासम्म पनि संसदीय सुनवाईका लागि पठाइएको थिएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लामाबाहेक अस्ट्रेलियाका लागि लक्की शेर्पा, डेनमार्कका लागि युवनाथ लम्साल, साउदी अरेबियाका लागि महेन्द्र सिंह, बहराइनका लागि पदम सुन्दास, श्रीलंकाका लागि विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि डा. चोपालाल भूसाल, म्यानमारका लागि भीम उदास, दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइरालाको नाम पठाएको छ ।

स्पेनका लागि पूर्वसैनिक अधिकारी भरत रायमाझीको नाम सिफारिस भए पनि दूतावास स्थापना नभएकाले संसदीय सुनुवाईमा पठाइएको छैन ।

प्रकाशित : फाल्गुन २०, २०७३ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?