कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राजविराज घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग एमालेको माग

घटना नियोजित भएको दाबी
कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा एमालेले सप्तरीको राजविराजमा भएको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

राजविराज घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग एमालेको माग

नेकपा एमालेले सप्तरीको राजविराजमा भएको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । घटनाको यथार्थ छानबिन गर्न सरकार र मानव अधिकार टोलीलाई एमालेले आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनपछि महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै राजविराज घटनालाई नियोजित रुपमा भएको दाबी गरेका छन् । झापाको काँकडभिट्टाबाट फागुन २१ गतेदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको समयमै मोर्चाका कार्यकर्ताले सिरहामा विरोध, अवरोध, प्रदर्शन सुरु गरेको, एमाले कार्यकर्तालाई कालोमोसो दल्ने र कार्यक्रम तयारी गर्न नदिनुले पनि राजविराज घटनालाई एमाले नियोजितको संज्ञा दिएको हो ।

मोर्चासँगको सहमतिमा पूर्वनिर्धारित कार्यक्रमस्थल सार्ने र अप्रिय घटना हुन नदिन सरकार, स्थानीय प्रशासनलाई जानकारी गराए पनि यस्तो घटना हुनुले देशलाई अस्थिरतामा धकेल्ने, निर्वाचन हुन नदिने मोर्चाको संस्थागत योजना देखिएको एमालेको आरोप छ । एमाले राजविराजको घटनाको सम्पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्ने बताएको छ ।

सरकारले सिरहाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुलाई फिर्ता बोलाइएकोमा आपत्ति जनाउँदै यसबाट झन् आशंका बढाएको एमालेको भनाइ छ । त्यस्तै, राजविराजमा घटना गराउन एमाले कार्यकर्ताले सुरुमा ढुंगा हानेको भन्ने प्रचार गलत रहेको भन्दै एमालेले सप्तरी, सिराहमा आफ्नो पार्टी कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय, मानव अधिकार कार्यालयको गाडी तोडफोड लगायत घटनाप्रति एमालेले आपत्ति जनाएको छ ।

फागुन २१ देखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान २४, २५ र २६ गतेलाई स्थगित भए पनि २७ गतेदेखि पुन: सञ्चालन हुने एमालेले स्पष्ट पारेको छ ।

प्रकाशित : फाल्गुन २४, २०७३ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?