३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतीय दूतावासले भन्यो– एसएसबीले कञ्चनपुरमा गोली चलाएको छैन

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौं स्थित भारतीय दूतावासले कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट कुनै फायरीङ नभएको विज्ञप्ती निकाल्दै दाबी गरेको छ । दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय सञ्चार माध्ययमले बताए जस्तो कञ्चनपुरको आनन्द बजारमा एसएसबीले फायरीङ गरेको छैन ।’

भारतीय दूतावासले भन्यो– एसएसबीले कञ्चनपुरमा गोली चलाएको छैन

काठमाडौं स्थित भारतीय दूतावासले कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट कुनै फायरीङ नभएको विज्ञप्ती निकाल्दै दाबी गरेको छ ।

दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय सञ्चार माध्ययमले बताए जस्तो कञ्चनपुरको आनन्द बजारमा एसएसबीले फायरीङ गरेको छैन ।’ विज्ञप्तीमा भारतीय क्षेत्रमा पर्ने स्थानीय निकायलाई त्यहाँ जारी विवादलाई तत्काल सुल्झाउनका लागि काम गर्न पनि भनिएको बताइएको छ ।

उक्त घटनालाई लिएर नेपाल सरकारको तर्फबाट भने कुनै प्रकारको प्रतिक्रिया आएको छैन ।

प्रकाशित : फाल्गुन २६, २०७३ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?