वनबाट जथाभावी खोटो

कान्तिपुर संवाददाता

सल्यान — कम्पनीहरूले जथाभावी खोटो निकाल्दा सामुदायिक वनभित्रका सल्लाघारी जोखिममा परेका छन् । तीन क्युफिट गोलाइभन्दा सानाबाट खोटो निकाल्न नपाइने भए पनि त्यसको पालना नगर्दा सल्लाका रूख सुक्दै गएका हुन् ।

खोटो निकाल्ने कम्पनीको लापरबाहीले रूख सुक्दै ढल्ने गरेका छन् । संरक्षणको जिम्मा पाएका सामुदायिक वन उपभोक्ता समिति र अनुगमनको जिम्मा लिएका वन कार्यालयको बेवास्ताले कम्पनीले जथाभावी खोटो निकाल्ने गरेको स्थानीयको आरोप छ । खोटो संकलनका क्रममा वन कार्यालयको अनुगमन नहुँदा कम्पनीले आफूखुसी गर्न थालेका हुन् ।

कम्पनीहरूले जति सक्यो धेरै रूखबाट खोटो निकाल्दै आएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बताए । ‘कम्पनीले निर्देशिका पालना गरेकै छैनन्,’ उनले भने, ‘जतिधेरै निकाल्यो त्यति फाइदा हुने भएकाले ठूलो घाउ बनाई एसिड प्रयोग गरेर बोट नसुक्दासम्म खोटो निकाल्छन् । धेरै वनमा सल्लाका रूख सुकेर गइसकेका छन् ।’

प्रकाशित : फाल्गुन २७, २०७३ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?