कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जस्थित सिखर प्लाई उद्योगमा आगलागी

कान्तिपुर संवाददाता

नेपालगन्ज — नेपालगन्ज औद्योगिक क्षेत्रभित्र रहेको शिखर प्लाई उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा मेसिन, उत्पादित सामग्री र कच्चा पदार्थ लगायतमा ठूलो क्षती भएको प्रहरीले जनाएको छ । करिब ५ बजेर १७ मिनेटदेखि भएको आगलागी आइतबार राती अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।



प्रहरीका अनुसार व्यावसायी चम्पालाल गोथाराले संचालन गरेको कारखानामा आगलागी भएको हो । नेपालगन्ज नगरपालिकाको दमकलले आगो निभाउन नसकेपछि बर्दियाबाट ल्याइएको अर्को दमकल, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।

आगलागीबाट ठूलो क्षती भएको र हालसम्म नियन्त्रणमा आउन नसकेकाले क्षतीको विवरण एकिन नभएको प्रहरी निरीक्षक बिरबहादुर थापाले बताए । कारखानाले शिखर प्लाई उत्पादन गरी मध्य तथा सुदूरपश्चिमका साथै मुलुकका अन्य स्थानमा समेत पुर्‍याउने गरेको छ ।   

 

प्रकाशित : फाल्गुन २९, २०७३ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?