२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतीय भूपू सैनिकलाई तीस करोड पेन्सन बाँडियो

गोरखा — गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ ।

गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपू सैनिकलाई निवृत्तिभरणबापत रु ३० करोड वितरण गरिएको गोरखा भारतीय भूपू सैनिक सङ्घ गोरखाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । गत फागुन २९ गतेदेखि आजसम्म निवृत्तिभरणको रकम वितरण गरिएको हो ।

गोरखामा मात्रै ११ हजारभन्दा बढी भारतीय भूपू सैनिक छन् । तीमध्ये सात हजारले काठमाडौँस्थित गोरखा भारतीय क्याम्पबाट पेन्सन लिने गर्छन् । गोरखामा मासिक १५ हजार रुपैयाँदेखि ७३ हजार रुपैयाँसम्म पेन्सन बुझ्ने भूपू सैनिक रहेका छन् । रासस

 

प्रकाशित : चैत्र २, २०७३ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?