कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्याक्टर पल्टिँदा तीन नाबालिकाको मृत्यु

श्यामसुन्दर शशि

जनकपुर — आफ्नो घर अगाडिको सडक छेउमा खेल्दै गरेका तीन नाबालिकाको बुधबार ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । इँट बोकेर जाँदै गरेको ट्याक्टरको टेलर पूर्वी धनुषाको गोइठ कोईलपुर ९स्थित सडक छेउमा पल्टिदा तीन बालिकाको मृत्यु भएको हो ।

नायव प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार  मृत्यु हुनेहरुमा सोहि गाविस ९ केउटानीका खोखिला साफीकी ३ वर्षीया छोरी सविता साफी, श्याम साफीकी ५ वर्षीया छोरी संगीता साफी तथा फेकुवा साफीकी ५ वर्षीया छोरी प्रिया साफी छन् ।
 
ज १ त ३६२२नम्बरको ट्रेक्टरमा ईट बोकी जाँदै गरेको ट्रेक्टरको टेलर पल्टिदा तीनै बालिका ईट मुनि दबेका थिए । ईटले कुल्चेर तीनै जनाको मृत्यु भएको स्थानीयवासीहरुले जनाएका छन् । टेलर पल्टिने बित्तिकै ट्याक्टरका चालक बालिकाहरुको उद्धार गर्नुको सट्टा भागेका थिए । ट्रेक्टर चालक यदुकुहा निवासी रहेको तथा हालसम्म पक्राउ पर्न नसकेको नायव प्रहरी उपरीक्षक यादवले बताएका छन् ।
 
मृतक तीनै बालिकाको शव परीक्षणको लागी जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।
  

प्रकाशित : चैत्र २, २०७३ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?