२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

देशमा द्वन्द्व र हिंसा फैलाउने प्रयास भइरहेको छ: ओली

डीआर पन्त

धनगढी — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्ष र मधेसी दलहरु देशमा नयाँ खाले द्वन्द्व र हिंसा फैलाउने प्रयासमा लागिपरेको आरोप लगाएका छन् ।

देशमा द्वन्द्व र हिंसा फैलाउने प्रयास भइरहेको छ: ओली

मेची–महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जातीय हिंसा, साम्प्रदायिकता घृणा र द्वेश फैलाउने गम्भीर षडयन्त्र भइरहेको आरोप लगाएका हुन् । 'निर्वाचन र संशोधनको कुनै सम्बन्ध छैन,' ओलीले भने, ‘संविधान संशोधन मार्फत पहाड र तराइलाई अलग पार्ने प्रयास स्वरुप सरकार र अन्य दलहरु गम्भीर षडयन्त्रमा लागेका छन् ।’

निर्वाचन गर्न नदिएर देशलाई अगाडि बढ्न नदिने र अनिर्णयको बन्दी बनाएर अरुको स्वार्थपूर्ति गर्ने खेल भइरहेको पनि ओलीले आरोप लगाए । राष्ट्रिय एकता र सद्भावका लागि एमालले देशव्यापी अभियान चालेको बताउँदै नेता ओलीलले भने, ‘साम्प्रदायिकता भड्काएर देशमा मारकाट मच्चाउने षडयन्त्र एमालेले सफल हुन दिँदैन् ।’

कार्यक्रमा एमाले उपाध्यक्ष वामदेव गौतमले नेपालबाट तराइलाई टुक्र्याएर कालान्तरमा अन्तै मिलाउने खेल भइरहेकाले सबैले सचेत हुनु पर्ने बताए । देश टुक्र्याउनकै लागि वर्तमान सरकारले काम गरिरहेको र विदेशीको इशारामा मात्र सबै काम भइरहेको गौतमले दाबी गरेका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायतका वरिष्ठ नेताहरुले भने मन्तव्य राखेनन् ।

प्रकाशित : चैत्र ३, २०७३ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?