भर्खरै जुटेको राप्रपा काभ्रेमा विद्रोह

बहुमत समूहले अध्यक्ष घोषणा गर्‍यो
नगेन्द्र अधिकारी

काभ्रे — एकता अधिवेशबाट गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिका बहुमत सदस्यको बैठकले उपाध्यक्ष टुल्कु लामालाई अध्यक्ष घोषणा गरेको छ । पशुपतिशमसेर राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले उनलाई अध्यक्ष घोषणा गरेको हो । लामा तत्कालीन पशुपतिशमसेर राणा नेतृत्वको राप्रपाका जिल्ला उपाध्यक्ष हुन् ।

भर्खरै जुटेको राप्रपा काभ्रेमा विद्रोह

तत्कालीन राप्रपा नेपालका सांसद समेत रहेका जिल्ला अध्यक्ष रेशम लामा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि पद खाली थियो । राप्रपा विधानमा माथिल्लो पदमा उम्मेदवारी दिए साबिकको पद स्वत: खारेज हुने व्यवस्था छ । अध्यक्षमा सर्वसम्मत हुन लामाले टुल्कु लामालाई उपाध्यक्ष र धनजीत लामालाई सचिव बनाउन लिखित सहमति गरेका थिए । सहमतिविपरीत अध्यक्ष लामाले फागुन ७ गते उपाध्यक्षमा आरजुकुमार केसी, सचिव राजेन्द्र केसी, कोषाध्यक्ष पशुपति कुमार शाह र सहसचिवमा धनजीत लामालाई मनोनित गरेका थिए ।

५० सदस्यीय कार्यसमितिमा ३४ जना आफ्नो पक्षमा रहेको टुल्कुले दाबी गरे । ४ वटा निवार्चन क्षेत्रमध्ये १ का केशव लामा, २ का चन्द्रबहादुर खड्का, ३ का गोपाल सेढाईंले टुल्कुलाई समर्थन गरेका छन् । अध्यक्ष घोषणा गरेका लामाले एकलौटि बढ्न खोजेकोले बहुमत सदस्यको बैठकबाट अध्यक्ष चयन भएको बताए । राप्रपा नेपालका तत्कालीन जिल्ला अध्यक्ष रेशम लामा समूहले पनि शनिबार छुट्टै बैठक बोलाएको छ । 

प्रकाशित : चैत्र ४, २०७३ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?