१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कञ्चनपुर घट्नामा दोषी देखिए कारवाही हुन्छ: भारतीय प्रधानमन्त्री मोदी

कमलदेव भट्टराई

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घट्नाका बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउने र दोषी ठहर भएमा कारवाही गरिने अश्वासान दिएका छन् । शुक्रबार गृहमन्त्री विमलेन्द्र निधिस‌ंगको भेटबार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले उक्त अश्वासन दिएका हुन् ।

कञ्चनपुर घट्नामा दोषी देखिए कारवाही हुन्छ: भारतीय प्रधानमन्त्री मोदी

आत‌ंकवाद सम्बन्धी एक कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका गृहमन्त्री निधिले शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीस‌ंग भेटवार्ता गरेका हुन् । भेटका क्रममा गृहमन्त्री निधिले कञ्चनपुर घट्नाको विषयमा ध्यानाकर्षण गराएपछि मोदीले उक्त अश्वासन दिएको स्रोतले कान्तिपुरलाई बतायो ।

फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा कल्भर्ट बनाएको निहुँमा नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो । उक्त घट्नालाई लिएर नेपालमा भारतविरुद्ध प्रदर्शनहरु भएपनि भारतीय पक्षले अहिलेसम्म गल्ती स्वीकार गरेको छैन ।

'नेपाल हाम्रो परममित्र हो । मित्रसंग हाम्रो सम्बन्ध सुमधुर राख्न चाहन्छौं' भारतीय प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै स्रोतले भन्यो । मोदीस‌ंग नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमहरुका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित : चैत्र ४, २०७३ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?