कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपाल-भारत सम्बन्ध सुधार्ने पूर्वप्रधानमन्त्री भट्टराईको सूत्र

कमलदेव भट्टराई

नयाँदिल्ली — नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला नयाँ दिल्लीमा भारतीय नेता तथा बुद्धिजीवीसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त छन् । उनले विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर दुई देशबीचमा रहेका समस्याहरु समाधान गर्ने र अब कसरी अगाडि बढ्ने भन्नेमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

नेपाल-भारत सम्बन्ध सुधार्ने पूर्वप्रधानमन्त्री भट्टराईको सूत्र

उनले नेपाल र भारतको सम्बन्धको विषयमा व्यक्त गरेका कुराहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । मुख्य बुँदाहरु यसप्रकार छन् ।

  •  भारतको योगदान रहँदा–रहँदै पनि नेपालप्रति भारतको दृष्टिकोणमा एकरुपताको कमी छ, स्पष्टतामा कमी छ । उदाहरणको निम्ति, विगत डेढ वर्षदेखि भारतले समावेशी संविधानकै पक्षमा जोड गर्दै आएको हो । तर, भारतको निम्ति यो नै प्राथमिकताको विषय थियो भने उसले पहिलो संविधानसभामा समावेशी लोकतन्त्रका पक्षधरलाई साथ दिएन ।

  • लामो समयसम्म भारतले आफ्नो स्पष्ट सन्देश प्रवाह गर्दै गरेन । संविधान घोषणाको अन्तिम घडीमा आएर मात्र भारतले समावेशी संविधान अपरिहार्य रहेको विचार व्यक्त गर्‍यो । तर, त्यतिबेलासम्म प्रतिक्रान्तिकारी शक्तिहरु, संकीर्ण तत्वहरु हाबी भइसकेका थिए ।

  • प्रमुख नीतिगत विषयहरुमा भारत प्राय: अस्पष्ट देखिन्छ, संगतिपूर्ण छैन । निर्णय लिइसक्दासम्म ट्रेन छुटिसकेको हुन्छ ।

  • भारतले नेपालको सार्वभौसत्ताको सम्मान गर्नुपर्छ र आर्थिक विकासका सहयोग गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।

  • संविधान संशोधनद्वारा आन्तरिक राजनीतिक स्थायित्व हासिल गरेपछि नेपालले स्पष्ट रणनीतिक दृष्टिकोण/नीति निर्माण गर्न जरुरी छ । हामी दुई विशाल देशबीच अवस्थित रहे पनि हाम्रो ऐतिहासिक सम्बन्धहरु दक्षिणपट्टि बढी छन् । यसैलाई स्पष्ट रुपमा आत्मसात गरी भारतको रणनीतिक चासोको विषयमा आवश्यक परे प्रतिबद्धता नै व्यक्त गर्नुपर्छ, तर नेपाली जनताको हितलाई नै सर्वोपरी राख्दै ।

  • भारतले नेपालको सार्वभौम अवस्थितिलाई पूर्णरुपमा आत्मसात गर्न सकेको छैन र उसलाई नेपालको समृद्धिमा खासै चासो छैन । अर्कोतिर, धेरै भारतीयहरुलाई के लागेको छ भने आफ्नो रणनीतिक हितमा आँच नआउनेगरी सम्बन्ध विकास गर्न नेपाललाई त्यति विश्वास गर्न सकिन्न । यही अन्तर्विरोधको हल खोज्न आवश्यक छ ।

  • भारत भ्रमण रहेका भट्टराई शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन गोवा जाने कार्यक्रम रहेको र त्यहाँबाट फर्केपछि उनी फेरि दिल्लीको भेटघाटमा सहभागी हुनेछन् ।

प्रकाशित : चैत्र ५, २०७३ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?