प्रहरी महानिरीक्षक विवाद सर्वाेच्चकाे बृहत पूर्ण इजलाशमा आजबाट सुनुवाई हुँदै

पूर्ण इजलाशमा प्रधानन्यायाधीशसहित ५ न्यायाधीश रहने
कृष्ण ज्ञवाली

काठमाडौं — नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा भएको विवादपछि परेको दुईवटा रिट तथा एउटा निवेदन उपर सुनुवाई गर्न आजबाट प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ सदस्यीय बृहत पूर्ण इजलाश गठन भएको छ ।

प्रहरी महानिरीक्षक विवाद सर्वाेच्चकाे बृहत पूर्ण इजलाशमा आजबाट सुनुवाई हुँदै



इजलाशमा प्रधानन्यायाधीश कार्कीसहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेका छन् ।

उक्त इजलाशमा तीनवटा मुद्दाको पेशी तोकिएको छ । जसमा अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट र पछि दायर गरेको अर्को छुट्टै निवेदन तथा डिआइजी नवराज सिलवालले दायर गरेको रिट पेशी सूचीमा छ ।

सरकारले वरियता क्रममा तीन नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेसँगै सर्वोच्चमा रिट परेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले तत्काल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी थिइन् । त्यसयता नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी प्रविधिक तर्फका एआइजी डा. दिनेशचनद्र पोखरेललाई तोकिएको छ । हालसम्म पनि उक्त अन्तरिम अादेशलाई नै निरन्तरता दिइएकाे छ ।

उक्त विवाद समाधानका लागि आजबाट सर्वोच्चमा सुनुवाई सुरु हुँदै छ ।

 

प्रकाशित : चैत्र ६, २०७३ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?