१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...

दैलेख — माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक परीक्षार्थीले छोरा जन्माएकी छिन् । सदरमुकामको त्रिभुवन मावि केन्द्रमा जनता मावि कोटथाप्लाकी १७ वर्षीया पूजा नेपालीले परीक्षा दिइरहेका बेला सुत्केरी भएकी हुन् । बेथा सुरु भएलगत्तै उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।



अस्पतालका अनुसार आमाको जीउ साह्रै सानो भएकोले सुत्केरी गराउन समस्या भएको थियो भेण्टीलेटरमा राखेर उपचार गरिएपछि आमा र बच्चा दुबैको स्वास्थ्य खतरामुक्त भएको डा. शोभित थापाले जानकारी दिए ।

सुत्केरी परीक्षार्थीको प्रश्नपत्र र उत्तरपुस्तिका अस्पतालमै पुर्‍याएर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले जानकारी दिए । नारायण नगरपालिका–२ जाहरकोटकी पूजाको २ वर्षअघि गाउँमै विवाह भएको थियो । श्रीमान् मजदुरीका सिलसिलामा भारतमा छन् ।

प्रकाशित : चैत्र ६, २०७३ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?