२८ मुलुकका सेना नेपालमा, भाेलिदेखि संयुक्त अभ्यास

काठमाडौं — नेपाली सेनाले तेस्रो पटक आयोजना गर्न लागेको उक्त प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुने छन् । प्रशिक्षणको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।

२८ मुलुकका सेना नेपालमा, भाेलिदेखि संयुक्त अभ्यास

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गर्दा सहज होस भन्ने हेतुले आयोजना गरिने बहुराष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण नेपालमा सोमबारबाट सुरू हुँदैछ ।

उक्त काभ्रेको पाँचखालस्थित वीरेन्द्र प्रशिक्षण केन्द्रमा चैत ७ देखि २१ सम्म चल्ने छ । शान्ति प्रयास–३ प्रशिक्षणले नेपाल र नेपालसँगै शान्ति मिसनमा काम गर्ने मुलुकका सैनिकहरूसँग भविष्यमा काम गर्न सहज हुने केन्द्रका प्रमुख तथा महासेनानी प्रयोग जंग राणाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपालले यसअघि सन् २००० मा पहिलो र त्यसपछि २०१३ मा बहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण गरेको थियो ।

नेपालमा सन् २००० मा सुरु भएपछि बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, श्रीलंकालगायतका मुलुकहरूले हरेक वर्ष विभिन्न नाममा यस्तै खाले प्रशिक्षण गर्ने गर्छन् ।
प्रशिक्षणमा नेपालसहित, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्गोज्निया, घाना, रुवान्डा, जोर्डन, काजकिस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे छन् । साथै, अस्ट्रेलिया, क्यानडा, जापान, न्यूजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिकी सैनिक समेत प्रशिक्षणमा सहभागी छन् ।
नेपाली सेनाले व्यवस्थापनको पूर्ण व्यवस्था गरे पनि यसको प्रशासन र आर्थिक पक्ष नेपाली सेना र अमेरिकी प्यासिफिक कमान्डले बेहोर्ने छ ।

प्रकाशित : चैत्र ६, २०७३ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?