कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

परराष्ट्रमन्त्रीको मलेसिया भ्रमण उदघाटनमा नै सीमित

काठमाडौं — परराष्ट्रमन्त्री प्रकाशशरण महत एक कार्यक्रमको उदघाटनकै लागि दुईदिने मलेसिया भ्रमणमा गए । तर, मलेसियाका सरकारी प्रतिनिधिसँग भने कुनै दुई पक्षीय छलफल भएन ।

 परराष्ट्रमन्त्रीको मलेसिया भ्रमण उदघाटनमा नै सीमित

दुई पक्षीय कुराकानीको प्रबन्ध नमिलाई यस्तो अनौपचारिक भ्रमणमा मुलुकको प्रथम कूटनीतिज्ञ मानिने परराष्ट्रमन्त्री हिँड्न नहुने परराष्ट्रका अधिकारहीहरू बताउँछन् । मन्त्री महत गैरआवासीय नेपाली संघ (एनआरएन) को एसिया प्रशान्त क्षेत्रको बैठक उद्घाटन गर्न मलेसियाको क्वालालम्पुर पुगेका थिए । उनी आइतबार नै स्वदेश फर्केका छन् ।

‘एनआरएनको कार्यक्रममा सहभागी हुन जानुपर्छ तर त्यसको तयारी आवश्यक छ, दुईपक्षीय भेटघाट मिलाएर दोहोरो काम हुने गरी जानुपर्छ । परराष्ट्रमन्त्री जस्तो व्यक्ति विदेश जाने भन्नेबित्तिकै दोडिने होइन । एनआरएनले पनि यस्ता कार्यक्रमको तयारी केही समय लगाएर गरेको भए हुन्थ्यो,’ परराष्ट्रका एक उच्च अधिकारीले भने । नेपालीहरू रहेको र विभिन्न समस्यासमेत रहेको अवस्थामा परराष्ट्रमन्त्री त्यो मुलुकमा पुग्दा ती समस्या हल गर्ने गरी दुई पक्षीय छलफल होस् भन्ने सबैको अपेक्षा हुन्छ । तर, यो भ्रमणमा त्यस्तो केही तालिका नै छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारीदेखि अन्य कूटनीतिक पहलका कामलाई विश्राम गर्दै उनी मलेसिया पुगेको भन्दै परराष्ट्र अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयका अधिकारीहरूले दुई पक्षीय भेट तय नहुँदा उद्घाटनका लागि मात्रै त्यसतर्फ नजान सुझाव दिएको भए पनि सबै काम छाडेर उनी मलेसिया गएका थिए  ।

प्रकाशित : चैत्र ६, २०७३ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?