कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

काठमाडौंकाे जमलमा भएकाे राप्रपाको प्रदर्शनमा लाठी र अश्रुग्यास प्रहार [फोटोसहित]

दर्जनौ घाइते भएको राप्रपाको भनाई, को को घाइते भए नामावलीसहित
अंगद ढकाल

काठमाडौं — पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ ।

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।
राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।

काठमाडौंकाे जमलमा भएकाे राप्रपाको प्रदर्शनमा लाठी र अश्रुग्यास प्रहार [फोटोसहित]

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ ।

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।

घाइतेहरुको नामावलि यसप्रकार रहेको छ:

राप्रपाले जारी गरेकाे बिज्ञप्ति अनुसार पूर्व अध्यक्ष पशुपति शमसेर राणासहितका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । साँसदहरु विक्रमबहादुर थापा र सयन्द्र बान्तवा, प्रबक्ता रोशन कार्की, केन्द्रीय सदस्य कोमल ओलीलगायत घाइते भएको पनि उल्लेख गरेको छ ।

सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।

राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो ।

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।

प्रकाशित : चैत्र ७, २०७३ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?