कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

उपप्रधानमन्त्री थापा निर्वाचन आयोगविरुद्ध धर्नामा

काठमाडौं — निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू धर्म शब्द हटाएको विरोधमा सरकारका उपप्रधानमन्त्री कमल थापा बहादुर भवनस्थित निर्वाचन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

उपप्रधानमन्त्री थापा निर्वाचन आयोगविरुद्ध धर्नामा

आज भएको प्रदर्शनमा प्रहरीले राप्रपा कार्यकर्ताविरुद्ध लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेपछि उपप्रधानमन्त्री थापा धर्नामा पुगेका हुन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार केहीबेर अघिदेखि उपप्रधानमन्त्री थापा धर्नामा सहभागी छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चारमन्त्री र राज्यमन्त्रीसहित राप्रपा सहभागी छ ।

प्रकाशित : चैत्र ७, २०७३ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?