कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुनसरीको कान्छो बराह नगरपालिकामा कार्यकारी र कर्मचारी छैनन्

कार्यविधि नहुँदा दैनिक काममा बाधा
वेदराज पौडेल

चक्रघट्टी(सुनसरी) — पाँच गाविस समेटेर पछिल्लो पटकको पुनर्संरचनामा बराह नगरपालिका बन्न पुगेको नरपालिकाको कार्यालयमा भने कर्मचारी र कार्यविधि नहुँदा स्थानियको काम प्रभावित बनेको छ । अहिले कम्प्यूटर अपरेटर मिलन राई र खरदार गंगामाया लिम्बूबाहेक अन्य कर्मचारी छैनन् ।

सुनसरीको कान्छो बराह नगरपालिकामा कार्यकारी र कर्मचारी छैनन्

पछिल्लो पटक इन्दिरेश दाहाललाई सरुवा गरिएपनि उनी आइपुगेका छैनन् । यस अघि कार्यकारी रहेकी शोभा दाहाल कर्णलाई सप्तरी सरुवा गरिएपछि कान्छो नगरपालिका प्रमुखविहीन बन्न पुगेको हो ।

त्यति मात्र होइन । कार्यविधि समेत आइनसक्दा नगरपालिका भएपछि दस्तुर कति लिने र सिफारिस कोबाट गराउने भन्ने समेत अन्यौल भएको कम्प्यूटर अपरेटर राई बताउँछन् । नगरपालिका भएपछि कार्यकारी अधिकृत उपसचिव स्तरका सहित नौं जना कर्मचारी रहनु पर्ने ब्यावस्था छ । तर बराह नगरपालिकामा इन्जिनियर, लेखापाल, कम्प्यूटर इन्जिनियर लगायतको पद खाली रहेको छ ।

दुई उपमहानगर, तीन नगरपालिका र ३९ गाविस रहेको सुनसरी पुनर्संरचना पछि दुई उपमहानगर, चार नगरपालिका र छ वटा गाउ पालिकामा विभाजित भएको छ ।

पछिल्लो पटक बराहक्षेत्र, भरौल, महेन्द्रनगर, मधुवन र प्रकाशपुर समेटिएर बराह नगरपालिका बनेको हो । नगरपालिका बनेपछि भरौल गाविसकी सचिव रहेकी सोभा दाहालले नै कार्यकारी अधिकृत जिम्मेवारी पाएपनि एक दिन हाजिर गर्ना साथ उनको सरुवा सप्तरी भएपछि कान्छो नगरपालिका प्रमुखविहीन भएको हो ।

नगरपालिकाको कार्यालय भएको भवन पहिलेको महेन्द्रनगर गाविस भएको भवन हो । तल्लो तला पक्का भएपनि माथिल्लो तला काठको छ । स–साना कोठा भएको कार्यालयको माथिल्लो तलामा काठको भर्‍याङबाट उक्लीएपछि कम्प्यूटर अपरेटर मिलन राई केही साथीहरुका साथ भेटिए ।

सेवाग्राहीलाई कसरी सेवा दिने भन्ने विषयमा उनी आफैं अन्यौलमा रहेका थिए । उनले भने, ‘अब मालपोत रसिद काट्न कोही आएभने गाविसको काट्ने की नगरपालिकाको अन्यौलमा छु ।’धेरै शिर्षकको कर अब कसरी उठाउने भन्ने विषयमा अन्यौलता रहेको उनले सुनाए ।

पूर्वाधार र आयश्रोतमा निकै कमजोर रहेको बराह नगरपालिकाको अहिले ७७ हजार ४ सय ८ जनसंख्या रहेको छ । त्यसैगरि यो नगरपालिकाको क्षेत्रफल २ सय २२ दशमलव नौ बर्ग किलोमिटर रहेको छ । नगरपालिकाले उत्तरमा धनकुटा, पश्चिममा उदयपुर र पूर्वमा धरान उपमहानगर पालिका र दक्षिणमा रामधुनी नपा र भोक्राहा, कोशी गापालाई छुन्छ ।

नगरपालिकाका लागि तत्कालै आधुनिक भवनको आवश्यकता भएपनि अहिले तत्काले पुरानै भवनबाट काम चलाउनु पर्नै अवस्था रहेको अपरेटर राइ बताउछन् । उनी भन्छन‘पछाडी गाविसले छुटै भवन बनाउन थालेको बर्षौं भयो तर त्यो पूर्ण भएको छैन ।’अहिलेको भवनबाट दु:खसुख तीन वटा वाडाका कार्यालयहरु संचालन गर्न सकिए पनि सिंगै नगरपालिकाका लागि भने छुटै भवन आवश्यक रहेको उनले बताए ।

महेन्द्रनगर गाविसका पूर्वअध्यक्ष बद्रीनाथ घिमिरेले नगरपालिका घोषणाहुदा स्थानिय निकै खुसी भएको बताए । नगरपालिका हुँदा विकास चाडो हुन्छ भन्ने आम धारणाको कारण स्थानिय खुसी भएको उनले सुनाए । तर पूर्वाधार र स्थानिय आम्दानीको श्रोत कम भएको हुनाले सरकारले दिएको बजेटमा नै बढी भरपर्नुपर्ने अवस्था रहेको उनले बताए ।

स्थानिय आम्दानीको श्रोत बृद्धि र कर्मचारीहरुको समयमानै आवश्यकता पूर्ति हुन सके नगरपालिकाबाट खोजेजस्तो सेवा र विकास हुनेथियो भन्नेमा आफूहरु आशावादी रहेको उनले सुनाए ।

प्रकाशित : चैत्र ७, २०७३ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?