३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

राष्ट्रको ढुकुटीमा ब्रम्हलुट : अधिकारी

राजेन्द्र फुयाल

काठमाडौं — संसदको विकास समितिका सभापति समेत रहेका एमाले युवा नेता रविन्द्र अधिकारीले सरकारले सरकारले संसदबाट पारित बजेट र योजना किताब विपरीतका योजनामा रकम वितरण गरी वित्तीय अनुशानको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् ।

राष्ट्रको ढुकुटीमा ब्रम्हलुट : अधिकारी

सत्तारुण् दलका प्रभाशाली नेताहरुको गृहजिल्लामा नयाँ योजनाका लागि ९९ अर्ब रुपैयाँ खर्चिएको उनको आरोप छ । ‘यो रकमान्तरण पनि होइन,’ उनले भने– ‘संसदबाट पारित बजेट शीर्षक र रातो कितावमा हुँदै नभएका योजनाका नाममा रकम निकासा गरी राष्ट्रको ढुकुटीमा ब्रम्हलुट मच्चाउने काम भएको छ ।’

आर्थिक अनुशासनको लगाम कस्नुपर्नै अर्थ मन्त्रालयनै आर्थिक अराजकता मच्चाउने कार्यमा संलग्न भएको उनको आरोप छ । सबैभन्दा बढि भौतिक पुर्वाधार मन्त्रलयबाट ४० अर्ब रुपैया नयाँ आयोजनामा वितरण गरिएको उनको दाबी छ ।

‘आज खर्च गरेर भोली योजनमामा राख्न स्वीकृत दिएको भन्ने जस्तो शव्द प्रयोग गरेर मुलुकको ढुकुटीमाथि ब्रम्हलुट गर्न खोजिएको छ,’ उनले भने– ‘सरकार संविधान र कानुन–नियम भन्दामाथि हुन सक्दैन ।’

प्रकाशित : चैत्र ७, २०७३ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?