कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाले भने– चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ !

भक्तपुर — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । कांग्रेस मासिक पत्रिकाले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्ध हुने बताए ।

देउवाले भने– चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ !

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

कांग्रेस मासिक पत्रिकाले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्ध हुने बताए ।

‘गाउँगाउँमा चुनावको माहौल बनेको बनिसकेको छ, निर्वाचन हुन्न कि भनेर शंका नगर्नुस्’, उनले भने, ‘सबै निर्वाचनको तयारीमा लाग्नुस् ।’
कार्यक्रममा सभापति देउवाले सबै मिलेर निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिंदै निर्वाचन पश्चात् संविधान कार्यान्वयन हुने र गणतन्त्रको उपलब्धी मजबुद हुने उल्लेख गरे ।

चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औल्याउँदै देउवाले भने,‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शंका नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’

हिमाल, पहाड र तराईलाई फुटाएर विभाजन गरेर यहाँका बासिन्दाको एकता भाड्ने षडयन्त्र भइरहेको बताउँदै देउवाले तराई, पहाड, र हिमालमा बस्ने सबै नेपालीहरु बिच फाटो ल्याउने षडयन्त्र भईरहेको बताए । यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्नु जरुरी भएको समेत उनले बताए ।

कार्यक्रममा सभापति देउवाले निर्वाचनको वातावरण बनाउन नेकपा एमाले र मधेशवादी दलसँग निरन्तर वार्ता भैरहेको बताएका छन् । कांग्रेस बाहेक सबै सर्वसत्तावादी पार्टी भएको आरोप लगाउँदै देउवाले हिमाल, पहाड र तराईलाई फुटाउने षडयन्त्र कांग्रेसले सफल हुन नदिने बताए ।

प्रकाशित : चैत्र ७, २०७३ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?