कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वमा शान्ति स्थापनामा नेपाल लागिरहन्छ : प्रधानमन्त्री

२८ मुलुकको संयुक्त सैनिक अभ्यास

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनामा नेपाल लागिरहने बताएका छन् । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘अन्तर्राष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण’को सोमबार उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन् ।

विश्वमा शान्ति स्थापनामा नेपाल लागिरहन्छ : प्रधानमन्त्री

‘नेपाली भूमि इमान्दारी र शान्तिका लागि प्रख्यात छ । संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले विश्वमा शान्ति स्थापनामा सहयोग गर्दै आइरहेको छ । अब पनि गरिरहने छ,’ प्रधानमन्त्री दाहालले भने । उनले नेपालले बृहत् शान्ति सम्झौताबाट शान्तिको बाटो अपनाएको उल्लेख गर्दै शान्तिसुरक्षामा लागिरहने बताए । प्रधानमन्त्री दाहालले विश्वमा शान्ति स्थापना गर्न नेपालीको ठूलो भूमिका भएको भन्दै शान्ति मिसनमा सहभागी हुने नेपाली सैनिकहरूको प्रशंसा गरे ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा एकीकृत रूपमा काम गर्न सहजताका लागि नेपाली सेनाले यो प्रशिक्षण तेस्रो पटक आयोजना गरेको हो । चैत २१ सम्म हुने प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुँदै छन् । जीपीओआई (अमेरिकी सरकारको राजनीतिक–सुरक्षा विभागले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा क्षमता र क्षेत्रीय सुरक्षा अभिवृद्धि गर्न स्थापित कार्यक्रम) मा रहेका २१ र ७ अन्य मुलुक प्रशिक्षणमा सहभागी छन् ।

प्रशिक्षणमा सहभागी हुने जीपीओआई मुलुकहरूमा नेपाल, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्जगोभिना, घाना, रुवान्डा, जोर्डन, कजाकस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे छन् । जीपीओआई बाहेकका मुुलुकमा अस्ट्रेलिया, क्यानडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिका छन् । नेपाली सेनाले व्यवस्थापनको व्यवस्था गरे पनि यसको प्रशासन र आर्थिक पक्षमा नेपाली सेना र अमेरिकी प्यासिफिक कमान्डले संयुक्त रूपमा बेहोर्ने छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले १७ वर्ष अघिदेखि सुरु भएको बहुराष्ट्रिय शान्ती प्रयास प्रशिक्षणले शान्ती स्थापनामा शान्ती स्थापनाकर्ता बीचमा मिलेर काम गर्न सहज हुने बताए । नेपालले यसअघि सन् २००० मा पहिलो र २०१३ मा दोस्रो बबहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण गरेको थियो । बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, मंगोलिया, श्रीलंकालगायत मुलुकहरूले हरेक वर्ष विभिन्न नाममा शान्ति मिसनमा मिलेर काम गर्न सहज होस् भनेर उक्त प्रशिक्षण गर्दै आइरहेका छन् ।

नेपालका लागि अमेरिकी राजदुत एलिना बी टेप्लिजले शान्ती स्थापनामा अमेरिकी सरकारले धेरै प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली सैनिकहरूले विश्वमा शान्ती स्थापनामा खेलेको भूमिकाको प्रसंशा गरिन् । अमेरिकाको प्यासिफिक कमान्डका कमान्डर एडमिरल हेरी बी. हेरिस जेआरले अभ्यासले विभिन्न मुलुकहरूका सैनिक बीच शान्ती स्थापना गर्दा सहज रुपमा अगाडि बढ्न मद्दत मिल्ने बताए ।

नेपाली सेनाले हालसम्म ४१ फरक मिसनमा १ लाख ११ हजार ३८ सैनिक खटाइसकेको छ । मिसनमा बढी सेना खटाउने वरीयतामा छैटौं नम्बरमा रहेको नेपालको अहिले १५ मिसनमा ४ हजार ४ सय ६० सैनिक कार्यरत छन् । प्रशिक्षणसँगै चैत १७ देखि २० सम्म क्षेत्रीय अभ्यास सेमिनार पनि हुँदैछ । सेमिनारमा भाग लिन राष्ट्रसंघ महासचिवका शान्ति मिसन अपरेसनका सुरक्षा सल्लाहकार लेफटिनेन्ट जनरल कार्लोस हुम्बेर्टो आउँदै छन् ।

प्रकाशित : चैत्र ७, २०७३ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?