३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

न्यायालयलाई दलीय प्रभावबाट मुक्त राख्न राष्ट्रपतिको आग्रह

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायालयलाई दलीय प्रभावबाट मुक्त राख्न आग्रह गरेकी छन् । शीतल निवासमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले पछिल्लो समय अदालतमा बढदै गएको राजनीतिक हस्तक्षेपप्रति चासो राखेकी हुन् ।

न्यायालयलाई दलीय प्रभावबाट मुक्त राख्न राष्ट्रपतिको आग्रह

‘राजनीतिक प्रभावबाट मुक्त हुन नसके अदालतको मर्यादा घट्नेछ । तर, अदालतमा दलीय स्वार्थ बढदै गएको हो कि जस्तो देखिन्छ,’ राष्ट्रपति भण्डारीले भनिन् । अन्य क्षेत्रमा जस्तो राजनीतिक हस्तक्षेपलाई अदालतमा रोक्नुपर्नेतर्फ राष्ट्रपतिले जोड दिएकी थिइन् ।

‘तपाईंहरूले हस्तक्षेप रोक्ने प्रयास गरिरहनुभएकै होला । जनतालाई निष्पक्ष न्याय दिलाउन न्यायालय दलीय प्रभावबाट बाहिर रहनैपर्छ,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले कान्तिपुरलाई भन्यो ।

 

प्रकाशित : चैत्र ७, २०७३ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?