कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपतिको आग्रह

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायालयलाई दलीय प्रभावबाट मुक्त राख्न आग्रह गरेकी छन् । शीतल निवासमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले पछिल्लो समय अदालतमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति चासो राखेकी हुन् ।

‘राजनीतिक प्रभावबाट मुक्त हुन नसके अदालतको मर्यादा घट्नेछ । तर, अदालतमा दलीय स्वार्थ बढ्दै गएको हो कि जस्तो देखिन्छ,’ राष्ट्रपति भण्डारीले भनिन् । अन्य क्षेत्रमा जस्तो राजनीतिक हस्तक्षेपलाई अदालतमा रोक्नुपर्नेतर्फ राष्ट्रपतिले जोड दिएकी थिइन् ।

‘तपाईंहरूले हस्तक्षेप रोक्ने प्रयास गरिरहनुभएकै होला । जनतालाई निष्पक्ष न्याय दिलाउन न्यायालय दलीय प्रभावबाट बाहिर रहनैपर्छ,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले कान्तिपुरलाई भन्यो ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?