१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेलम्ची सक्न निर्देशन

काठमाडौं — संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दसैंअगाडि नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना विकास समितिका पदाधिकारीसँग मंगलबार छलफल गरेपछि आयोजना निर्धारित समयमै सम्पन्न गरी दसैंसम्ममा मेलम्चीको पानी राजधानीमा वितरण गरिसक्न निर्देशन दिएको हो ।

समितिको बैठकले आयोजनाको प्रत्येक महिनाको प्रगति विवरण पेस गर्नसमेत खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गरेको छ । बैठकले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण एक साताभित्र समितिमा पेस गर्नसमेत निर्देशन दिएको छ ।

समितिले खानेपानीको पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकामा उत्पन्न भएको धुलो र ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्नसमेत आयोजनालाई आग्रह गरेको छ ।

प्रकाशित : चैत्र २३, २०७३ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?