कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सरकार चुनाव नगर्ने दिशामा’

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सरकार निर्वाचन नगर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले स्थानीय तह चुनावको पूर्वसन्ध्यामा नयाँ संविधान संशोधन विधेयक ल्याउनुले निर्वाचन नगराउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको तर्क गरे ।

‘सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमा दुइटा प्रतिगामी विषय पनि परेका छन्,’ एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमले भने, ‘यो संशोधनले सकारात्मक होइन, नकारात्मक संकेत दिएको छ, सरकार निर्वाचन हुन नदिन यसो गरिरहेको हो कि ?’

नयाँ विधेयक स्थानीय निकायको अधिकार कटौती गर्ने उद्देश्यसहित आएको र यसले संविधानको मर्ममै प्रहार गरेको गौतमको तर्क थियो । ‘हाम्रो संघीय व्यवस्थाअनुसार तीन तहका संरचना छन् । ती सबैलाई संविधानले नै अधिकार प्रदान गरेको छ, आफ्ना काम गर्न स्वायत्त पनि छन्,’ कार्यक्रममा निर्वाचनसम्बन्धी ऐन, नियम, आचारसंहितको जानकारी पुस्तिका सार्वजनिक गर्दै उनले भने, ‘ती अधिकार कटौती गर्न खोजिएको छ ।’

प्रकाशित : चैत्र ३१, २०७३ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?