पर्याप्त कन्टेनर नहुँदा केरुङमा स्याउ कुहिन थाले

कृष्ण थापा

नुवाकोट — नेपाल आयात गर्न लगिएका साढे चारसय गाडी स्याउ समयमा ढुवानी हुन नसक्दा चीनको केरुङमा कुहिन थालेका छन् । उक्त स्याउ लिन पर्याप्त ढुवानीका साधन केरुङ जान नसक्दा आयात गरिएका स्याउ कुहिन थालेका हुन् । चीनको रेसुओपोर्ट—केरुङखण्डको ठोङसा सडक एकसाता अघि सुचारु भएको हो । गत चैत दोस्रो साता सुख्खा पहिराले सडक अवरुद्ध भएको थियो ।

पर्याप्त कन्टेनर नहुँदा केरुङमा स्याउ कुहिन थाले

नेपाल आयात गर्न लगिएका साढे चारसय गाडी स्याउ समयमा ढुवानी हुन नसक्दा चीनको केरुङमा कुहिन थालेका छन् ।

उक्त स्याउ लिन पर्याप्त ढुवानीका साधन केरुङ जान नसक्दा आयात गरिएका स्याउ कुहिन थालेका हुन् । चीनको रेसुओपोर्ट—केरुङखण्डको ठोङसा सडक एकसाता अघि सुचारु भएको हो । गत चैत दोस्रो साता सुख्खा पहिराले सडक अवरुद्ध भएको थियो । त्यतिबेला चीनको केरुङ ल्याइएका स्याउ समयमा ढुवानी नहँुदा कुहिएको कन्टेनर व्यासाय तथा व्यापारी धर्मलाल श्रेष्ठले जानकारी दिए ।

‘यही अप्रिल २/३ तारिखमा ल्याएका स्याउ कुहिन थाले,’ उनले भने, ‘मार्च २६/२८ तारिखमा लोड गरिएका गाडी छन् ।’ चीनको केरुङमा साढे ४ सय स्याउका गाडी छन् भने रेडिमेड ४ सय गरी साढे आठसय गाडी केरुङ र पाङसिङमा रहेका छन् ।

चीनले सडक समस्या देखाई मितेरी पुल पारी रहेको रेसुओपोर्टबाटै छाड्ने गरेको छैन । दैनिक १९ वटा स्याउ ढुवानी गर्ने कन्टेनर केरुङ जाने गरेको तर नियमित नभएको व्यापारी श्रेष्ठले बताए ।

एउटा चिनियाँ ढुवानी गाडीको सामान बराबर ३ वटा नेपाली गाडी चाहिन्छ । एउटा कन्टेनरमा ३ हजार कार्टुन स्याउ अट्छ । ती स्याउ चीनको लान्झाउबाट एकसातामा केरुङ आउँछ । ती स्याउ लान्झाउभन्दा टाढा गाउ—गाउबाट संकलन र लोड गरी ल्याइने गरेको छ । चीनको केरुङ र पाङसिङमा रहेका स्याउ आयात गर्न नेपाली गाडी दैनिक १ सय ५० वटा आवश्यकता पर्ने व्यापारीको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?